१२ आश्विन २०८३, सोमबार | September 28, 2026

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउ–रिहाइ प्रकरण संसद्मा, सांसदद्वारा सरकारसँग जवाफ माग



काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिएर केही घण्टामै रिहा गरिएको घटनालाई लिएर संघीय संसद्का दुवै सदनमा प्रश्न उठेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले जबरालाई नियन्त्रणमा लिनुको कानुनी आधार, कारण र सरकारले अपनाएको प्रक्रियाबारे स्पष्ट पार्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले पूर्वप्रधानन्यायाधीशजस्तो संवैधानिक तथा न्यायिक पद सम्हालिसकेका व्यक्तिलाई मध्यरातमा नियन्त्रणमा लिने शैलीप्रति आपत्ति जनाए । उनले घटनालाई ‘राज्य आतंक’ र ‘अपहरण शैली’सँग तुलना गर्दै सरकारको कार्यशैलीबारे प्रश्न उठाए ।

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले पनि बिना पक्राउ पुर्जी र कारण राति नियन्त्रणमा लिएर केही घण्टामै छाडिएको भन्दै सरकारसँग जवाफ मागे । उनले सुरक्षा जोखिम थियो भने जोखिम सिर्जना गर्ने पक्षमाथि कारबाही हुनुपर्ने तर्क गर्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाए ।

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जबराको नियन्त्रण र रिहाइलाई लिएर सरकारसँग स्पष्टीकरण मागे । उनले पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिने र भोलिपल्टै छाड्ने घटनाबारे सरकारले गम्भीरतापूर्वक जवाफ दिनुपर्ने बताए । राईले यससँगै केही दिनअघि राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गरिएको घटनासमेत संसद्मा उठाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले पनि राज्य संयन्त्रको प्रयोग गरी प्रतिशोधको राजनीति गर्न खोजिएको भन्दै सरकारको आलोचना गरे । उनले बाढीपहिरोको विपद्का बीच सरकारको प्राथमिकताबारे समेत प्रश्न उठाए ।

यसै विषयमा राष्ट्रियसभामा बोल्दै सांसद आनन्दप्रसाद ढुंगानाले ‘जेनजी’ पुस्ताको नाममा जबरालाई नियन्त्रणमा लिइएको विषयमा आपत्ति जनाए । उनले जेनजी पुस्तालाई सुरक्षा जोखिमका रूपमा चित्रित गरेर बदनाम नगर्न सरकारलाई आग्रह गरे ।

ढुंगानाले विगतमा पञ्चायतकालमा राजनीतिक धरपकड हुँदा समेत पक्राउ पुर्जी दिने वा बिहान पक्राउ गर्ने गरिएको स्मरण गर्दै अहिले उच्च लोकतन्त्रको नारा दिएर आएको सरकारको कार्यशैलीमाथि प्रश्न उठाए । उनका अनुसार जबरालाई मध्यरातमा पक्राउ गर्नु र त्यसको स्पष्ट आधार सार्वजनिक नगर्नु गम्भीर विषय हो ।

आइतबार राति काठमाडौंको महाराजगञ्जस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई नियन्त्रणमा लिएको थियो । आइतबार दिउँसो उनलाई टेकुस्थित कार्यालयबाट रिहा गरिएको थियो । प्रहरीले भने जबरालाई पक्राउ नभई सम्भावित सुरक्षा जोखिमका कारण सुरक्षाका लागि कार्यालयमा ल्याइएको दाबी गरेको छ । तर उनलाई कुन कानुनी आधारमा र के कारणले नियन्त्रणमा लिइएको हो भन्ने विषयमा सरकारी निकायबाट विस्तृत आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ३ : २९ बजे

सर्वोच्चद्वारा कर्णालीका सांसद राजकुमार शर्माको रिट खारेज, सांसद पद नरहने

काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माले आफ्नो

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० विस्थापित

दाङ । लुम्बिनी प्रदेशमा असोज ८ देखि ११ गतेसम्म चार

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान

काठमाडौं । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी । एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका

चोलेन्द्र प्रकरणबारे नेपाल बार – ‘न्यायालयमाथिको दबाब र प्रभाव डटेर सामना गर्छौं’

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति नेपाल बारको आपत्ति, ‘न्यायालयमाथिको दबाब र प्रभाव