१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

चोलेन्द्र पक्राउ प्रकरण : एसएसपी खड्का बयान दिन आयोगमा, गृहमन्त्री र आइजीपीलाई बोलाउने तयारी



काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ बारे बयान दिन उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन्।

शनिबार मध्यराति पूर्वप्रधानन्यायाधीश राणालाई गैरकानुनी हिसाबले पक्राउ गरेपछि अवस्था बुझ्न पुगेको आयोगको टोलीलाई बेवास्ता गरेका खड्कालाई आयोगले मंगलबार बिहान ११ः३० बजे उपस्थित हुन पत्र काटेको थियो। सोहीअनुसार उनी आयोगको कार्यालय पुगेका हुन्। 

पक्राउ परेका राणाको अवस्था बुझ्न आयोगका सदस्य मनोज दुवाडी नेतृत्वको टोली प्रहरीको टेकु कार्यालय पुगे पनि एक घण्टा कुर्दासमेत गेटमै रोकिएका थिए। आयोगको टोलीलाई रोकिएको विषयमा उनलाई बयानका लागि बोलाइएको हो।

राणा पक्राउको विषयमा आयोगले गृहमन्त्री सुधन गुरुङ र आइजीपी दानबहादुर कार्कीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ । एसएसपी खड्काको बयानका आधारमा आयोगले नयाँ निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १ : २९ बजे

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार राताम्मे

भोटेकोशी-त्रिशूली विपद् समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेदवारी

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन

सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

काठमाडौँ । आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना र वस्तुको बिक्रीमा

चार दिनपछि खुल्यो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बाढीपहिरोले चार दिनदेखि अवरुद्ध बनेको