१४ आश्विन २०८३, बुधबार | September 30, 2026

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना



काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले देशका विभिन्न क्षेत्रमा बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने पहाडी तथा तराईका क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ । तराईका भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

रातिको समयमा कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ७ : १८ बजे

असोज १६ देखि प्रदर्शनमा आउँदै ‘चमेलीको पोइ’, ट्रेलर सार्वजनिक

बुटवल । निर्देशक एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार

स्पेनको शानदार जित, क्रोएसियामाथि ४-१ को विजय

काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

मनाङमै अड्किए पर्यटक

मनाङ । अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु भइसकेको

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

दमौली । लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको

बेनीमा खानेपानीको समस्या

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको