१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

देशभर २१ विपद्का घटना, आठ जना घाइते



काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही असोज १५ गते बिहानदेखि १६ गतेसम्म देशका विभिन्न स्थानमा सर्पदंश, आगलागी, बाढी, पहिरो, अविरल वर्षा तथा जनावर आक्रमणका घटना भएका हुन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विपद्का घटनामा परेकाको उद्धार, राहत तथा व्यवस्थापनका लागि १६५ जना प्रहरी परिचालन गरिएको छ । विपद् प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा सम्बन्धित निकायले आवश्यक उद्धार र व्यवस्थापनको काम गरिरहेका छन् ।

प्राधिकरणका अनुसार उक्त अवधिमा सबैभन्दा बढी सर्पदंशका सात घटना भएका छन् । यस्तै, पहिरोका पाँच, बाढीका तीन, आगलागीका दुई तथा जनावर आक्रमणका दुई घटना भएका छन् । अविरल वर्षाका कारण एक विपद् घटना भएको प्राधिकरणले जनाएको छ ।

विपद्का घटनाका कारण देशभर दुई वटा चौपायामा क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार ती घटनाबाट करिब रु १२ हजार बराबरको आर्थिक क्षति भएको छ । प्राधिकरणले विपद्का घटना बढ्न सक्ने सम्भावनालाई ध्यान दिँदै जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा आपत्कालीन अवस्थामा सम्बन्धित सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार तथा व्यवस्थापनमा जुट्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १० : ०३ बजे

अठार वर्ष कैद सजाय तोकिएका फरार कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

देशभर २१ विपद्का घटना, आठ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा

पृतनापति समन्वयात्मक बैठक सम्पन्न

काठमाडौँ । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ

नयाँ बसपार्कमा खुल्यो ट्राफिक प्रहरीको यात्रु सहायता कक्ष

काठमाडौं । काठमाडौँको नयाँ बसपार्कमा ‘सुरक्षित सडक र सवारी, हामी