१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

नयाँ बसपार्कमा खुल्यो ट्राफिक प्रहरीको यात्रु सहायता कक्ष



काठमाडौं । काठमाडौँको नयाँ बसपार्कमा ‘सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ आजबाट चाडपर्व लक्षित यात्रु सहायता कक्ष संचालनमा ल्याइएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शुशिल सिंह राठौरले नयाँबसपार्कमा स्थापना भएको यात्रु सहायता कक्षको एक कार्यक्रमका बीच रिबन काटेर शुभारम्भ गरे ।

नजिकिदै गरेका विजया दशमी, तिहार तथा छठ पर्वको अवसरमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूको सुरक्षित, व्यवस्थित र सहज यात्राका लागि यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवसायी तथा उपभोक्ता समूहका प्रतिनिधिहरूको संयुक्त पहलमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।

नयाँ बसपार्क सहित माछापोखरी, टोखा, तीनपिप्ले, भिमढुङगा, नाङ्लेभार, कलंकी, बल्खु, नागढुङ्गा, कोटेश्वर, चावहिल, फर्पिङ, साँखु, चापागाउँ र जगातीमा गरी १५ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

सहायता कक्ष शुभारम्भ कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक शुशिल सिंह राठौरले चाडपर्वको समयमा यात्रुको बाध्यता र चापलाई अनुचित आर्थिक लाभ लिने अवसर बनाउन नहुने बताए । उनले क्षणिक लाभका लागि क्षमता भन्दा बढी यात्रु चढाउने, तोकिएको भन्दा बढी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने, टिकट नदिने, यात्रुलाई अनावश्यक शुल्क लिने, यात्रुलाई दुर्व्यवहार गर्ने जस्ता गतिविधी भएमा प्रचलित कानूनअनुसार कारवाही हुने बताए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला र नेपाल यातायात स्वतन्त्र मजदुर संघका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेले सहायता कक्षले यात्रुलाई सहज बनाउने विश्वास व्यक्त गरे ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले कार्यक्रममा उपस्थित अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै, यात्रुलाई पर्न सक्ने समस्याको समाधान गर्न तथा यात्रामा सहजीकरणका लागि यात्रुहरूको बढी भिडभाड हुने स्थानलाई मध्यनजर गरेर यात्रु सहायता कक्षको स्थापना गरिएको बताए ।

सुरक्षाको अनुभूति, सुरक्षित आवागमनको लागि सचेतना र सूचना, यात्रुहरूको गुनासो सम्बोधन, भाडा दरको निगरानी, फर्जी टिकटमाथि कारबाही, आधिकारीक व्यक्तिबाट टिकट जारी भए र नभएको जाँच र मनसुनजन्य विपदबाट सवारी आवागमन अवरुद्ध भएमा सोको जानकारी समेत यात्रु सहायता कक्षबाट गराइनेछ ।

कार्यक्रममा यातायात व्यवसायी, चालक, परिचालक, यात्रु, सरोकारवाला र सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ९ : २० बजे

देशभर २१ विपद्का घटना, आठ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा

पृतनापति समन्वयात्मक बैठक सम्पन्न

काठमाडौँ । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ

नयाँ बसपार्कमा खुल्यो ट्राफिक प्रहरीको यात्रु सहायता कक्ष

काठमाडौं । काठमाडौँको नयाँ बसपार्कमा ‘सुरक्षित सडक र सवारी, हामी

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल : नेपाल पुलिस र सभापोखरी फाइनलमा

बुटवल । विभागीय टोली नेपाल पुलिस क्लब र सभापोखरी भलिबल

सङ्घीय संसद् कमजोर भएको छैन : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा