१७ आश्विन २०८३, शनिबार | October 3, 2026

पश्चिम नेपालबाट मनसुन बाहिरिन थाल्यो मनसुन



काठमाडौं । यस वर्षको मनसुन नेपालबाट क्रमशः बाहिरिन थालेको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थानबाट मनसुन बाहिरिएको छ।

महाशाखाले शनिबार असोज १७ गते जारी गरेको मनसुन बहिर्गमन विशेष बुलेटिनअनुसार गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट समेत मनसुन बाहिरिएको छ। यद्यपि मध्य तथा पूर्वी नेपालमा भने मनसुनी वायुको प्रभाव अझै कायमै रहेको छ।

महाशाखाका अनुसार मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको हो।

मनसुनी वायु क्रमशः कमजोर हुँदै गइरहेकाले बाँकी भूभागबाट पनि केही दिनभित्र मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार मनसुन एकैपटक देशभरबाट बाहिरिने प्रणाली होइन। यो पश्चिमी क्षेत्रबाट क्रमशः पूर्वतर्फ सर्दै जाने र अन्तिममा कोसी प्रदेशबाट बाहिरिने गर्छ।

त्यसैले देशका पश्चिमी तथा उत्तरी भूभागबाट मनसुन बाहिरिए पनि मध्य र पूर्वी नेपालमा यसको प्रभाव केही दिनसम्म रहन सक्ने मौसमविद्हरूले बताएका छन्।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  १ : १७ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी । गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन

नेपाली कांग्रेसमा नेता व्यवस्थापनका लागि पदाधिकारी बढाउने तयारी 

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनको पूर्वसन्ध्यामा

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

भोटेकोशीमा बेपत्ता टेकराजलाई श्रीमती कालिका खड्का लेख्छिन् -‘प्रिय ! तिमीलाई बिदाइ होइन, बस् सम्मान…’

काठमाडौँ ।प्रिय श्रीमान् ‘जी’ !पशुपतिनाथमा यतिका धेरै मानिस भेला भएर

सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता

ललितपुर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको