२१ आश्विन २०८३, बुधबार | October 7, 2026

कांग्रेस महाधिवेशन : चार वटा प्रतिवेदन पारित हुँदै



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिन बन्दसत्र सम्पन्न हुँदैछ ।

बन्दसत्रमा सहभागी महाधिवेशन प्रतिनिधिले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारासम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ ।

यसअघि गत सोमबारदेखि निरन्तर ती प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले निरन्तर विचार राखिरहेको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा सुरेश आचार्यले जानकारी दिए । छलफलमा सात प्रदेशकासहित भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि पनि सहभागी छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १० : ५९ बजे

कांग्रेसको बन्दसत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु ८०० र

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३०

कांग्रेस महाधिवेशन : चार वटा प्रतिवेदन पारित हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिन बन्दसत्र

एमाले स्थायी कमिटीको पहिलो बैठक आज, वरिष्ठ नेता विद्या भण्डारी सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको पहिलो बैठक बिहीबार बस्दैछ