१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कोरोना संक्रमणबाट बागलुङमा एक जना सशस्त्र प्रहरीको मृत्यु



बागलुङ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरीका कर्मचारी रहेका छन् ।

बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं ७ का २५ वर्षीय पुरुषको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत उनी यही असोज २५ गते अस्पताल भर्ना भएका थिए । २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

यसैबीच प्रदेशमा थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)का १६, गोरखाका नौ, लमजुङ र स्याङ्जाका चार÷चार, बाग्लुङका दुई, कास्की र पर्वतका एक÷एक जना छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ४७१ जना रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ५ : १३ बजे

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन