२५ आश्विन २०८३, आइतबार | October 11, 2026

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि




पोखरा । पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनामध्ये तीन जनाको आज साँझ अन्त्येष्टि गरिएको छ । यसैगरी गम्भीर घाइते एक जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका इङलिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा चार विद्यार्थी र एक अन्य व्यक्तिको मृत्यु भएको थियो ।

विद्यालयले मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउने र घाइतेको उपचार खर्च बेहोर्ने सहमति गरेपछि मृतक विद्यार्थी ममता तिवारी, असिम कँडेल र शुभेच्छा तिवारीको शव परीक्षणपछि आइतबार साँझ ७ः०० बजे पोखराको सेती नदी किनारस्थित रामघाटमा अन्त्येष्टि गरिएको पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा भएको पीडित पक्ष र विद्यालय सञ्चालकबीचको वार्तामा विद्यालयले मृतकका परिवारलाई जनही रु तीन लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराउने सहमति भएको उनले बताए ।

मृतकका परिवारले बिमाबापतको रकमसमेत प्राप्त गर्नेछन् भने विद्यालयले दुर्घटनामा घाइते भएकाहरूको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने सहमति भएको छ ।

“जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा सहमति भएपछि पीडित परिवारले शव बुझेर तीन जनाको आइतबार साँझ अन्त्येष्टि गरेका छन् । बाँकी दुई जनाका परिवारका सदस्य विदेशबाट आउँदै गरेकाले उनीहरूको अन्त्येष्टि अर्को दिन गरिनेछ”, वडाध्यक्ष लामिछानेले भने । उनका अनुसार दुर्घटनामा मृत्यु भएकी विद्यार्थी रुमिका नेपालीका बुबा विदेशबाट आउँदै छन् भने बाबुराम तिवारीका छोरा पनि देश बाहिर रहेका छन् ।

यसैबीच, दुर्घटनामा गम्भीर घाइते भएकी १६ वर्षीया अस्मी कँडेललाई थप उपचारका लागि आइतबार साँझ ४ः४५ बजे हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग समन्वय गरी मुस्ताङ एयरको हेलिकप्टरबाट उनलाई काठमाडौँस्थित बिएण्डबी अस्पताल पठाएको प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकामध्ये सात विद्यार्थीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने उपचारपछि तीन जना घर फर्किएका छन् । यस्तै, गण्डकी मेडिकल कलेजमा तीन जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १० : २९ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

पोखरा । पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

घटस्थापनामा नेपालगन्जमा धमाधम नयाँ ब्यवसाय

नेपालगन्ज । घटस्थापनाको साईत जुराएर नेपालगन्जमा व्यवसायीहरुले धमाधम आफ्नो नयाँ

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँच हजार ५०० मतगणना

खजुरामा जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु, न्यू हिमालयनको विजयी सुरुवात

नेपालगन्ज । बाँकेको खजुरामा बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु