१ कार्तिक २०८३, आइतबार | October 18, 2026

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : उपाधिका लागि न्यू डाँफे र जय किसन भिड्ने



नेपालगन्ज । बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता २०८३ को दोस्रो सेमिफाइनल खेलमा अप्सरा एफसी कोहलपुरलाई हराउँदै न्यू डाँफे स्पोर्ट्स क्लब फाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न दोस्रो सेमफाइनलमा अप्सरा एफसीले सुरुवाती जर्सी नम्बर ८ खेमराज शर्माले गरेको गोलले अग्रता लिएपनि खेलको अन्तिम समयमा न्यू डाँफेका जर्सी नम्बर १६ का सुदिप क्षेत्रीले गोल गरी खेललाई बराबरीमा ल्याएका थिए ।

निर्धारित समयमा दुवैको १-१ गोल भएपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा न्यू डाँफेले ४-५ गोल अन्तरले अप्सरा एफसी लाई पाखा लगाउँदै विजयी भयो । खेलको म्यान अफ दि म्याच न्यू डाँफेका सुदिप क्षेत्री घोषित भए । पहिलो सेमिफाइनल मार्फत शनिबार जय किसन स्पोट्स क्लब फाइनलमा पुगिसकेको छ । सोमबार हुने फाइनल खेलमा न्यू डाँफे स्पोटर्स क्लब र जय किसन स्पोट्स क्लब उपाधिका लागि भिड्ने छन् ।

प्रतियोगितामा बिजेता हुने टिमले नगद ५१ हजार १ सय ११ साथमा ट्रफि मेडल र प्रमाणपत्र र उप विजेता टिमले ३१ हजार १ सय ११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा १५ टिमले सहभागिता जनाएको न्यू डाँफे स्पोर्टस क्लवका सचिव तेजेन्द्र योगीले जनाए । दशै र तिहारको अवसर पारि आइतबार देखी शुभारम्भ गरिएको प्रतियोगिता कार्तिक २ गतेसम्म चल्ने क्लबका अध्यक्ष बालराम खत्रीले जानकारी दिए । समापनमा रात्रिकालीन सांस्कृतिक कार्यक्रम समेत सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ११ : २० बजे

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : उपाधिका लागि न्यू डाँफे र जय किसन भिड्ने

नेपालगन्ज । बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता २०८३ को दोस्रो

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ । यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ