१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान



काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान भएको छ।

समितिको बैठक आगामी कात्तिक १६ गते सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने तय भएको छ।

समितिको सचिवालयका अनुसार बैठकमा प्रस्तावित राजदूत थापाको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय हुनेछ। जापानको स्थायी बसोबास अनुमतिपत्र (पीआर), परिवारको पीआर, जापानमा रहेको सम्पत्ति तथा त्यहाँको सरकारी निकायसँगको आबद्धतालगायतका विषयमा प्रश्न उठेपछि उनको नाम यसअघि समितिले होल्डमा राखेको थियो।

गत असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा थापामाथि जापानको पीआर त्यागेको अवधि, परिवारको पीआर, जापानमा घर–सम्पत्ति रहेको तथा जापानी सरकारी निकायबाट तलब लिएको र स्थानीय तहको सल्लाहकारका रूपमा काम गरेको विषयमा प्रश्न उठेको थियो। यस सम्बन्धमा समितिमा उजुरीसमेत परेको थियो।

सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। तर, उनकी श्रीमतीको नाममा पीआर कायमै रहेको र जापानमा श्रीमतीकै नाममा घरसमेत रहेको उनले स्वीकार गरेका थिए। लामो समय जापानमा बसेर काम गरेको र त्यहाँ सम्पत्ति जोडेको अवस्थामा राजदूतको जिम्मेवारी निर्वाह गर्दा स्वार्थ बाझिन सक्ने भन्दै सांसदहरूले थप स्पष्टता मागेका थिए।

सुनुवाइका क्रममा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ र आवश्यक विवरण उपलब्ध नभएपछि समितिले थापाको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय नगरी थप विवरण माग्ने निर्णय गरेको थियो।

थापाको पीआर त्यागेको अवधि तथा जापानमा रहेको सम्पत्ति र अन्य आबद्धताबारे स्पष्ट हुन समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग विवरण मागेको थियो। तर अहिलेसम्म जापान सरकारबाट उक्त पत्रको जवाफ प्राप्त भएको छैन।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  २ : १३ बजे

गृह मन्त्रालयद्वारा एनप्याब्सन निलम्बित, निर्देशन उल्लंघन गरेको आरोप

काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

नवलपरासी । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीका पत्रकार पोषकान्त

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि