काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् ।
उनले आज साँझ सामाजिक सञ्जालमार्फत सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
“पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्”, मन्त्री तिमिल्सिनाले भनेका छन्, “प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।”
शुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो। नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका प्रधानसम्पादक धीरज बस्नेत र मोटिभेट न्युजका अध्यक्ष एवं प्रधानसम्पादक शोभराज बराललाई सादा पोशाकका प्रहरीले बिना पुर्जी पक्राउ गरेको थियो ।
















प्रतिक्रिया