२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

पत्रकारका समस्या समाधान गर्न चिन्तित छु : संचारमन्त्री गुरुङ



काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघका पदाधिकारीसँग आईतबार बिहान पुल्चोकस्थित मन्त्री निवासमा भएको सामूहिक भेटमा मन्त्री गुरुङले महासंघलगायतका सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर संचार क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने स्पष्ट पारे ।

नवनियुक्त संचारमन्त्री गुरुङले कोरोना भाईरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नु परेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला पक्षसँग छिट्टै छलफल गर्ने योजना पनि अघि सारे ।

‘संचार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि नेपाल पत्रकार महासंघसहितका सम्बन्धित पक्षले आवश्यक सहयोग पु¥याउने विश्वास लिएको छु ।’

त्यस अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना भाईरसका कारण पत्रकारहरुले भोग्दै आएका समस्या, श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संघीयता अनुकूल हुने गरी संचार क्षेत्रको पुनर्संरचना गर्न ढिलाई नगर्न ध्यानाकर्षण गराएका थिए । आचार्यले मन्त्री गुरुङको कार्यकालको सफलताको कामना समेत गरे ।

जवाफमा मन्त्री गुरुङले संचार क्षेत्रमा देखिएका समस्या सरोकारवाला निकायसँग छलफल गरेर मात्रै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु गरे । उनले प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन तथा पत्रकारहरुको पेशागत हितको पक्षमा आफू दृढतापूर्वक लागिपर्ने पनि जनाए ।

संचार क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवालासँग गम्भिर छलफल गरेर अघि बढने प्रतिवद्धता मन्त्री गुरुङले व्यक्त गरेको भेटमा सहभागी महासंघका उपाध्यक्ष दिलिप थापामगरले जानकारी दिए ।

मन्त्री गुरुङसँगको भेटमा महासंघका अध्यक्ष आचार्य, उपाध्यक्ष थापामगर, महासचिव रमेश विष्ट, सचिवद्धय रामप्रसाद दाहाल, रेमबहादुर विश्वकर्मा र कोषाध्यक्ष राजेश मिश्र सहभागी भएका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  २ : ०४ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात