१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चीनको अर्थतन्त्र मजबुतीमा अर्को उछाल, तेस्रो त्रैमासिकमा ४.९ प्रतिशतको वृद्धि



कोरोना भाइरुसका कारण बाँकी विश्वको कुल ग्राहस्थ उत्पादन (जीपीडी) निराशाजनक बनिरहेको बेला विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनको जीडीपी भने आश्चर्यजनक ढंगले उकालो लागिरहेको छ ।

सन् २०२० को तेस्रो त्रैमासिकमा चीनको जीडीपी ४.९ प्रतिशतले वृद्धि भएको छ । यो गत वर्षको सोही त्रैमासिकको भन्दा बढी हो ।
घरेलु खपत, अपेक्षित निर्यात र लगानीमा सुधारका कारण अर्थतन्त्र मजबुद बन्दै गएको चिनियाँ अधिकारीहरुले बताएकाछन् ।

कोरोना भाइरसको संक्रमण फैलिन सुरु भएको चीनमा पहिलो त्रैमासिकमा भने ६.८ प्रशितले गिरावट आएको थियो । भाइरस नियन्त्रण गर्न देशव्यापी कडा लकडाउन गर्दा सबै आर्थिक गतिविधि ठप्प भएको थियो । तर, मार्चमहिना भित्रै भाइरस नियन्त्रणमा सफलता हासिल गरेको चीनले विस्तारै बजार र अन्य क्षेत्र खुला गर्दै गएको थियो । जसका कारण चिनियाँ अर्थतन्त्रमा उल्लेख्य सुधार हुँदै गएको छ ।

चीनको नेशनल व्यूरोले प्रकाशित गरेको तथ्य अनुसार उपभोक्ताहरु रेस्टुरेन्ट एवं सपिङ मलमा फर्किएका छन् । पर्यटक र व्यवसायीहरूको विश्वास हवाई उडान र रेलमाबढिसकेको छ । सेप्टेम्बरमा चीनको खुद्रा बिक्री मात्रै ३.३ प्रतिशतले बढेको छ । जुन अगष्टमा ०.५ प्रतिशतले बढेको थियो ।

‘अपेक्षाकृत राम्रो निर्यात र लगानीले पनि जनताको आयमा सुधार ल्याएको छ, खर्च बढाएर खपत गएको छ’, बेइजिङ इकोनोमकअपरेशन एसोसिएशनका उपाध्यक्ष टियान यूनले भनेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १ : २६ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’