११ बैशाख २०८१, मंगलबार | April 24, 2024

देशभर थपिए ३०९३ नयाँ संक्रमित, २१०८ जना संक्रमण मुक्त



काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रम निरन्तर जारी छ । मंगलबार ३ हजार ९३ जना नयाँ संक्रमित थपिएका छन् ।

१३ हजार ८६१ पीसीआर परीक्षण गर्दा ३ हजार ९३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ३९ हजार १३९ पुगेको छ ।

मंगलबार सक्रिय संक्रमिको संख्या ४१ हजार ७७५ पुगेको छ । संस्थागत आइसोलेसनमा १३ हजार ५५९ जना रहेका छन् भने होम आइसोलेसनमा २८ हजार १९६ जना बसेका छन् ।

दैनिक सयौंको संख्यामा संक्रमित थपिँदा सक्रिय संक्रमित राज्यको स्रोतले धान्नै नसक्ने अवस्थामा पुगेका छन् ।

२४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ हजार १०८ रहेको प्रवक्ता डा. गौतमले जनाए । हालसम्म डिस्चार्ज हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ४ : ३९ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना