३ पुस २०८२, बिहिबार | December 19, 2025

कोरोनाले दशैं भनेन, चितवनमा थप एक जना संक्रमितको मृत्यु



चितवन । उल्लासमय रुपमा दशैं मनाउनुपर्ने बिशेष दिनमा पनि कोरोना भाइरसका कारण भएको मृत्युको खबर आउन छोडेको छैन ।

कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररच भरतपुर महानगरपालिका वडा नं. १ निवासी ७७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यही कात्तिक २ गते होम आइसोलेसनमा बसेका ती वृद्धलाई स्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

कोभिड आईसीयू कक्षमा भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै कात्तिक १० गते राति १२ बजेर २९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।

ती वृद्धलाई उच्च रक्तचाप, दम तथा मधुमेहको समस्या थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ८ : ३४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको