४ चैत्र २०८२, बुधबार | March 18, 2026

लामो समयपछि संक्रमितको संख्या ३ अंकमा सीमित; ५७० संक्रमित थपिए, डिस्चार्ज हुने ३१६८ जना



काठमाडौं । जति बढी परीक्षण त्यति बढी संक्रमण, जति कम परीक्षण त्यति कम परीक्षण । दशैंको भोलिपल्ट आज लामो समयपछि कोरोना भाइरसका सबैभन्दा कम संक्रमित थपिएका छन् ।

आज मंगलबार ५७० जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपडेटमा जनाइएको छ । तर, आज जम्मा २ हजार २५ मात्रै पीसीआर परीक्षण भएको थियो । मन्त्रालयका अनुसार ३ हजार १६८ जना संक्रमित संक्रमणबाट मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ भने १ लाख १८ हजार ८४३ जना संक्रमण मुक्त भएका छन् ।

मंगलबार देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ६१८ मा झरेको छ । संक्रमित भन्दा निको हुनेको संंख्या ठूलो भएका कारण सक्रिय संक्रमितहरु घटेका छन् ।

पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या ८७६ पुगेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ४ : २५ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको