१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु



बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नं ३ को धनौरामा बाघले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ ।

भारतीय सिमानासँग जोडिएको बेलझुण्डी सामुदायिक वनमा बाघले आक्रमण गरी भारतीय वनमा लगि मारेको स्थानीयले बताएका छन् ।

सांकेतिक तस्वीर

बाघको आक्रमणमा परि मृत्यु हुनेमा मधुवन नगरपालिका वडा नं ३ बस्ने २७ वर्षीय दिनेश थारु र सोही ठाउँ बस्ने २६ वर्षीय रमेश चौधरी रहेका छन् ।

धनौराको बेलझुण्डी सामुदायिक वनमा दिनेश चौधरी करिब १० बजे तिर च्याउ खोज्न गएका थिए । उनलाई सोही समयमा बाघले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । उनी घर नफर्किएपछि खोज्न जाँदा रमेश चौधरीलाई समेत बाघले आक्रमण गरेको मधुवन नगरपालिका वडा न. ३ का वडाध्यक्ष नारायण मल्लले बताए । मल्लले नेपालको सामुदायिक वनमा बाघले आक्रमण गरी भारतको ८१ नं पिल्लर देखि ५ सय मिटरभित्र सम्म पुर्याएको बताए ।

केही दिन अघि मात्रै सोही ठाउँमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा मधुवन नगरपालिका–३ भगरैया बस्ने २८ वर्षीय गंगा बुढाको मृत्यु भएको थियो । यस्तै केही महिना पहिले बाघको आक्रमणबाट सोही ठाउँमा एक बालकको मृत्यु भएको थियो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भारतको सिमावर्ती क्षेत्रमा भएको बाघले पटक पटक आक्रमण गरी मानिस मारेको बताए । अधिकारीले भने –‘नरभक्षि बाघ भएको हुन सक्ने भएकोले हामी तत्काल बैठक बसेर त्यसको व्यवस्थापनका लागि पहल गर्छौ ।’

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : ५५ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से