४ चैत्र २०८२, बुधबार | March 18, 2026

२३६४ नयाँ संक्रमित थपिए, ३०३८ जना डिस्चार्ज



काठमाडौं । बिहीबार कोरोना भाइरसका २ हजार ३६४ नयाँ संक्रमित थपिएका छन् ।

९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ३ हजार ३८ जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार बिहीबार थपिएकासँगै हालसम्म संक्रमितको हुनेको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १६१५ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना संक्रमित थपिएका हुन।

बिहीबार सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ । संक्रमित हुने भन्दा निको हुनेको संख्या बढेका कारण सक्रिय संक्रमितको संख्या बिहीबार पनि घटेको छ ।

यसैगरी हालसम्म निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको ज्यान गएको छ । हालसम्म मृत्यु हुनेको संख्या ९०४ पुगको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ४ : २५ बजे

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले