६ पुस २०८२, आइतबार | December 21, 2025

२३६४ नयाँ संक्रमित थपिए, ३०३८ जना डिस्चार्ज



काठमाडौं । बिहीबार कोरोना भाइरसका २ हजार ३६४ नयाँ संक्रमित थपिएका छन् ।

९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ३ हजार ३८ जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार बिहीबार थपिएकासँगै हालसम्म संक्रमितको हुनेको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १६१५ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना संक्रमित थपिएका हुन।

बिहीबार सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ । संक्रमित हुने भन्दा निको हुनेको संख्या बढेका कारण सक्रिय संक्रमितको संख्या बिहीबार पनि घटेको छ ।

यसैगरी हालसम्म निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको ज्यान गएको छ । हालसम्म मृत्यु हुनेको संख्या ९०४ पुगको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ४ : २५ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा