१४ असार २०८३, आइतबार | June 28, 2026

मुकेश चौरसिया हत्याको आरोपमा १२ जना विरूद्ध पर्सा प्रहरीमा जाहेरी दर्ता



पर्सा । नेपाल कम्युनिष्ट पार्टीका नेता मुकेश चौरसियाको हत्या आरोपमा १२ जना विरूद्ध पर्सा प्रहरीमा जाहेरी परेको छ ।

नेकपाकै नेता एवं पूर्वसभाद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध प्रहरीमा चौरसियाको परिवारले ज्यानसम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएको हो ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा बिहीबार जाहेरी दर्ता गरेको छ । यसअघि प्रहरीले जाहेरी लिन अस्वीकार गर्दै आएको थियो ।

जाहेरी अस्वीकारको विरोधमा नेकपा नेता कार्यकर्ताहरूले प्रहरी विरूद्ध प्रदर्शन गर्दै आएका थिए ।

नेकपाका प्रदेश २का ३७ जना नेताहरूले बुधबार मात्रै विज्ञप्ति प्रकाशित गर्दै हत्यारालाई कार्वाहीको माग गरेका थिए । उनीहरूले जाहेरी दर्ता नगर्ने पर्सा प्रहरी प्रमुख गंगा पन्तलाई पनि कारवाही गर्न माग गरेका थिए ।

किटानी जाहेरी परेकामध्ये ३ जना मात्रै हिरासतमा छन् । अन्यलाई प्रहरीले पक्राउ गरेको छैन ।

प्रहरीले जाहेरी लिन नमानेपछि मृतकका परिवारले  चौरसियाको शव समेत बुझेका थिएनन् । जाहेरी दर्ताभएसँगै मृतकका आफन्तले चौरसियाको शव बुझेर भोलि अन्त्येष्टि गर्ने भएका छन् ।

नेकपाका दुई समुहबीच गत कात्तिक ५ गते विन्धवासिनी गाउँपालिकामा झडप हुँदा चौरसिया गम्भिर घाइते भएका थिए । उनको उपचारकै क्रममा ६ गते मृत्यु भएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ७ : २५ बजे

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट