३ पुस २०८२, बिहिबार | December 18, 2025

लागुऔषधसहित एक जना र २९ जुवाडे पक्राउ



कैलाली । धनगढी उपमहानगरपालिका-१० घुइँयाघाटबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शङ्कास्पदरूपमा हिँडडुल गरिरहेको अवस्थामा २५ ग्राम ४०० मिलीग्राम लागुऔषध खैरो हेरोइनसहित घुइँयाघाटका रामनिवास रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

पक्राउ परेका रानालाई लागुऔषध खैरो होरोइन शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

नगदसहित २९ जुवाडे पक्राउ

कैलालीको जोशीपुर गाउँपालिका–१ स्याउलेबजारस्थित एक व्यक्तिको घरबाट नगदसहित २९ जुवाडेलाई प्रहरीले आज पक्राउ गरेको छ । यज्ञबहादुर विष्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र यस कार्यालय मातहतबाट खटिइएको प्रहरी टोलीले नगद रु दुई लाख ५१ हजार ४०० सहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

उनीहरुको साथबाट आठ गड्डी ताससहित बरामद गरी थप अनुसन्धान भइरहेको बताइएको छ । रासस

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : १५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका