२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आजको मौसम : कतै सफा, कतै आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का बर्षाको सम्भावना



काठमाडौं । देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली हाललाई छैन । हाल प्रदेश न १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश न १ र कर्णाली प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेशका पहाडी क्षेत्र र प्रदेश न २ को मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । त्यसैगरी देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै प्रदेश न १ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश, लुम्विनी प्रदेश र सुदुपश्चिम प्रदेशका एक, दुइ स्थानमा हल्का बर्षाको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश १ को पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश न १ र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : ४७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले