४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु



चितवन । भरतपुर अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका पुरुष हुन भने अर्की धादिङकी महिला हुन् ।

अस्पतालका अनुसार भरतपुर महानगरपालिका १० का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक १६ गते अस्पताल भर्ना भएका थिए ।

उनको सोमबार बिहान १:२० मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनको स्वास्थ्यमा जटिल अवस्था आएपछि कोभिड आईसीयूकक्षमा राखेर उपचार हुँदै आएको थियो ।

यस्तै अर्का कोरोना संक्रमित धादिङको नीलकण्ठ नगरपालिका ३ की ६१ वर्षीय महिला छन् । श्वासप्रश्वासमा समस्या भएकी उनी कात्तिक ५ गते अस्पताल भर्ना भएकी थिइन् । अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएकी उनको सोही दिन कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी पौडेलले बताए ।

स्वास्थ्यमा थप समस्या भएपछि कात्तिक ९ गते कोभिड आईसीयू कक्षमा उपचाररत उनको सोमबार बिहान २:५५ मा मृत्यु भएको पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको