२० आश्विन २०८३, मंगलबार | October 6, 2026

दाङकी कोरोना संक्रमित महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु



नेपालगन्ज । कोरोना भाईरस संक्रमण देखिएपछि उपचारका लागि कोहलपुर आएकी दाङकी एक महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी घोराही उपमहानगरपालिका-१० की ६५ वर्षिय महिलाको उपचारकै क्रममा मंगलबार दिउँसो १:५० बजे मृत्यु भएको हो ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार ति महिलालाई सोमबार बेलुका मेडिकल कलेजको कोरोना विशेष वार्डमा भर्ना गरीएको थियो । रोगको प्रकृति अनुसार एन्टिबायोटिक, अक्सिजन लगायत सबै प्रकारको आवश्यक सपोर्टिभ उपचार चलिरहेकै अवस्थामा ति महिलाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा मृतकको शवलाई निजकै गृहजिल्लामा ब्यवस्थापन गर्ने तयारी भईरहेको श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार जिल्ला बाहिरबाट उपचारकालागि बाँके आएर ज्यान गुमाउने संक्रमितको सँख्या २३ पुगेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ४ : १८ बजे

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू०

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख