४ पुस २०८२, शुक्रबार | December 19, 2025

दाङकी कोरोना संक्रमित महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु



नेपालगन्ज । कोरोना भाईरस संक्रमण देखिएपछि उपचारका लागि कोहलपुर आएकी दाङकी एक महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी घोराही उपमहानगरपालिका-१० की ६५ वर्षिय महिलाको उपचारकै क्रममा मंगलबार दिउँसो १:५० बजे मृत्यु भएको हो ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार ति महिलालाई सोमबार बेलुका मेडिकल कलेजको कोरोना विशेष वार्डमा भर्ना गरीएको थियो । रोगको प्रकृति अनुसार एन्टिबायोटिक, अक्सिजन लगायत सबै प्रकारको आवश्यक सपोर्टिभ उपचार चलिरहेकै अवस्थामा ति महिलाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा मृतकको शवलाई निजकै गृहजिल्लामा ब्यवस्थापन गर्ने तयारी भईरहेको श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार जिल्ला बाहिरबाट उपचारकालागि बाँके आएर ज्यान गुमाउने संक्रमितको सँख्या २३ पुगेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ४ : १८ बजे

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित