५ चैत्र २०८२, बिहिबार | March 19, 2026

पार्टी विभाजन जोगाउन राष्ट्रपति भण्डारीद्वारा वामदेव गौतमलाई आग्रह



काठमाडौं । सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई भेट गर्न गौतम मंगलबार साँझ राष्ट्रपति निवास शितलनिवास पुगेका थिए । भेटमा भण्डारीले पार्टीलाई विभाजन हुनबाट जोगाउन भुमिका खेल्न गौतमलाई आग्रह गरेकी थिइन । गौतमलाई भेट्न राष्ट्रपति भण्डारी आफैले बोलाएकी थिएन ।

सत्तारुढ नेकपाभित्र चर्किएको चरम अन्तर्संघर्ष फुटको अवस्थामा पुगेको भनिएका बेला राष्ट्रपति भण्डारीले गौतमसँग गरेको भेटलाई अर्थपुर्ण मानिएको छ ।

भण्डारीले गौतमलाई विगतमा जस्तै यसपटक पनि पार्टी एकता जोगाउन भुमिका खेल्न आग्रह गरेको गौतमका स्वकीय सचिव विश्वमणि सुवेदीले जनाएका छन् । राष्ट्रपतिसँग आधा घण्टा छलफल गरेका गौतमले आफुले सक्दो पहल गर्ने जनाएका थिए ।

उपाध्यक्ष गौतम पछिल्ला दिनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजिक रहेका छन् । यही आइतबार प्रचण्ड निवास खुमलटारमा भएको प्रचण्ड नेपाल छलफलमा गौतम पनि सहभागी भएका थिए ।

नेकपाभित्र यतिबेला दुई अध्यक्षबीच अन्तर्संघर्ष चरम अवस्थामा पुगेको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव आएपछि दुई अध्यक्षबीच विवाद बढेको छ ।

यसैबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि र भारतीय गुप्तचर प्रमुख सामन्त गोयललाई मध्यरातमा बालुवाटारमा भेट गरेपछि विवाद झन बढी चर्किएको छ ।

यसअघि गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले दुई अध्यक्षको कार्यविभाजन गर्दै विवादलाई साम्य बनाएको भनिएको थियो । तर, दुई महिना नपुग्दै नेकपाभित्रको युद्धविराम भंग भएको देखिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ९ : ०२ बजे

पश्चिमी प्रणालीको प्रभाव : देशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली