७ आश्विन २०८३, बुधबार | September 23, 2026

लुकाइछिपाई ठूलो परिमाणमा पटाका भित्रिँदै



बारा । हिन्दूहरुको महान् चाड दसैं सकिएलगत्तै तिहार पर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटाका भित्र्याउन थालेका छन् ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लामो समयदेखि नेपाल भारत मुख्य सीमा नाका बन्द रहे पनि तस्करले अन्य विभिन्‍न खुला नाकाको फाइदा उठाउँदै सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटाका भित्र्याउने गरेका छन् ।

तस्करले पर्साका भिस्वा, सिकटा, भेलाई, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाका मटिअर्वा, सिम्रोनगढ, कचौर्वालगायत नाकाबाट पटाका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटाका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटाकाको व्यापक तस्करी गर्ने गरेको छ ।

यसैक्रममा बुधबार बिहान ३ बजे भारतको रक्सौलबाट विभिन्न किसिमका पटाका खरिद गरेर ना २ ह ३०४६ नंको अटोमा लुकाइछिपाई वीरगञ्जतर्फ ल्याइँदै गरेकाअवस्थामा प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ बाट ठूलो परिमाणमा पटाकासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज-१६ इनर्वाका भुलन साह तुराहाका २० वर्षीय छोरा रन्जनकुमार र सीमावर्ती भारतीय बजार रक्सौल मौजेटोल बस्ने मौजी तुराहाका २६ वर्षीय छोरा राजकुमार गुप्ता छन्र । उनीहरुका साथबाट विभिन्न ब्राण्डका एक हजार प्याकेट पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

क्यारियरवालाहरुले भारतको रक्सौललगायत भारतीय बजारबाट ती पटाका वीरगञ्ज, कलैयालगायत नेपाली बजारसम्म पुर्‍याएबापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौँसम्म पुर्‍याएबापत अधिकतम दुई सय प्रतिशतसम्म लिने गरेको वीरगञ्जस्थित मीनाबजारमा भेटिएका एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।

ती क्यारियरवालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्ना पक्षमा पारेर भारतबाट विभिन्न सामान ल्याउँदा त्यसभित्र पटाका लुकाएर ल्याउने गरेको बताएका छन् । अति प्रज्वलनशील पदार्थका रुपमा रहेको पटाका नेपाल भित्रिने गरेको बारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् तर सीमा नाकामा प्रहरीले भेटाएसम्म पटाका भने समात्ने गरेको दाबी गर्दै आएका छन् ।

खासगरी भारतबाट आउने मालबाहक सवारीसाधन जीप, कार, टाँगाजस्ता सवारी साधनमा पटाका लुकाइछिपाई ल्याइने गरेको देखिन्छ । रासस

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : ५६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज