१६ बैशाख २०८१, आइतबार | April 28, 2024

२४ घण्टामा बाँकेमा गयो २ जना कोरोना संक्रमितको ज्यान, २० वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । उपचारका क्रममा लमही-८ का ६४ वर्षीय पुरुषको मृत्यु भएको २४ घण्टा नबित्दै बाँकेमा दाङको तुलसीपुरकाट उपचारका लागि बाँके पुगेकी २० वर्षीया कोरोना संक्रमित महिलाको क्रममा आज दिउँसो ३:२० बजे मृत्यु भएको छ । ।

स्वास्थ्यमा समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएकी ती महिलामा १८ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । तुलसीपुर-१० दाङकी ती महिलालाई उपचारका क्रममा अक्सिजन, एसन्टवायोटिक लगायतको उपचार बिधि अपनाइृएपनि बचाउन नसकिएको बाँके कोभिड १९ बिपद ब्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

कार्तिक १६ गते प्रसुती सेवाको लागि अस्पताल भर्ना भएर १७ गते डेलिभरी भएको , डेलिभरी पश्चात स्वास्थ्यमा समस्या देखिएपछि श्वाव संकलन गरी परीक्षण गर्दा उनमा कार्तिक १८ गते कोभिड १९ पोजिटिभ पुष्टी भएको थियो ।

आज मृत्यु भएसँगै बाँकेमा अन्य जिल्लाबाट उपचारका क्रममा बाँके पुगेर मृत्यु हुनेको संख्या २५ पुगेको छ । बिहिबार राती ९ बजे पनि दाङ लमहीका एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ४ : ४८ बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा