६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

तनहुँको मानहुँकोटमा एकैदिन १० हजार पर्यटक



दमौली । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ ।

आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सन्जाल र सञ्चारमाध्यममा मानहुँकोटको सौन्दर्य र त्यहाँ पुगेका पर्यटकको तस्बिर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै । दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाउँदाको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक व्यास नगरपालिका ५ को मानहुँकोट डाँडा पुग्छन् ।

आन्तरिक पर्यटक सङ्ख्या दसैँयता ह्‌वात्तै बढेको छ । दसैँपछि दैनिक एक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लने गर्थे तर शनिबार १० हजारभन्दा बढी पर्यटक पुगेका छन् । मेला महोत्सवमा जस्तै डाँडैभरि पर्यटकको ताँती लाग्यो ।

यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक रहेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । “गत वर्ष पर्यटकीय याममा दैनिक दुई/तीन सयको हाराहारीमा पर्यटक आउँथे । यो वर्ष दसैँपछि त्यो सङ्ख्या बढेर हजारमा पुग्यो । शनिबार १० हजारभन्दा बढी पर्यटक आएको अनुमान छ,” उनले भने । मानहुँकोट पुग्‍ने सडकमा सवारी चाप थेगी नसक्नु हुँदा घण्टौँ जाम लागेको थियो ।

चापाघाटबाट ६ किलोमिटरको यात्रा गरेपछि मानहुँकोट पुगिन्छ । समुदायस्तरमा कोरोनाको सङ्क्रमणको जोखिम बढिरहेको बेला कोरोना भुलेर हजारौँ पर्यटकको भिड लाग्दा जोखिम झनै बढेको छ । सामाजिक सन्जालमा मानहुँकोट ‘कोरोना फ्री जोन’ हो भनेर समेत व्यङ्ग्य गर्न थालिएको छ ।

 

घुम्‍न आउँदा पर्यटकले कम्तीमा पनि सचेतना अपनाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न र सामाजिक दूरी आनिवार्य कायम राख्‍न वडाध्यक्ष श्रेष्ठको अनुरोध छ । “कोरोनाका कारण घरबाट निस्किएर घुम्‍ने अवस्था छैन । सकभर कमै हिँड्नुस्,” उनले भने । तनहुँका विभिन्‍न स्थानसँगै कास्की, स्याङ्जा, लमजुङ, गोरखा र चितवनलगायत जिल्लाबाट पर्यटक आएका हुन् ।

केही शुक्रबारै मानहुँकोट पुगेका थिए । शनिबार बिहान ३ बजेदेखि नै मानहुँकोट जानेको लर्को राजमार्गमै देखिएको थियो । मानहुँकोटबाट सूर्योदय, सूर्यास्त, हिमशृङ्खला, दमौली बजार, मादी र सेती नदीको दृश्य आकर्षक देखिन्छ । रासस

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ७ : १३ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया