२४ बैशाख २०८१, सोमबार | May 6, 2024

दोलखाको कालिन्चोक मन्दिर दर्शन तथा पूजापाठ गर्न रोक



चरिकोट । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

दोलखामा पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसका कारण देखाउँदै सङ्कट व्यवस्थापन केन्द्रले नित्यपूजाबाहेक अन्यलाई दर्शन तथा पूजापाठ गर्नका लागि बन्द गरिएको जनाएको छ ।

लकडाउनका कारण लामो समयदेखि बन्द पर्यटकीय तथा धार्मिक क्षेत्र कालिन्चोक क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटक आंशिक रुपमा जान थालेको र कालिन्चोक कुरी बजार क्षेत्रका केही होटल सञ्चालनमा आउन थालेका छन ।

सूचनाको अभावका कारण कतिपय भक्तजन दर्शन गर्न आउन थालेको भन्दै जिल्ला प्रशासन कार्यालयले आज सूचना प्रकाशन गरी उक्त क्षेत्रमा नजान निर्देशन गरेको छ ।

कालिन्चोक गाउँपालिकाको कुरी बजारमा रहेको प्रहरी चौकीभन्दा माथि घ्याङ्डाँडाबाट माथि टुटयानबाट आउनेलाई तेस्रो बाटोभन्दा माथि जानका लागि पूर्ण रुपमा बन्द गरिएको छ । कोही कसैले अटेर गरी गएमा सङ्क्रमण रोग ऐनअनुसार कार्वाही गरिने जनाइएको छ । रासस

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ७ : ३५ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र