१३ श्रावण २०८३, बुधबार | July 29, 2026

कञ्चनपुरमा एकतर्फी सीमास्तम्भ नाप्न आएका सुरक्षाकर्मीलाई स्थानीयले लखेटे



कञ्चनपुर । कञ्चनपुर स्थित नेपाल भारतको सिमाक्षेत्र बेलौरीको दशगजामा एकतर्फी रुपमा सीमा नापजाँच गर्न आएका भारतीय अर्धसैनीक बल एसएसबीका सुरक्षाकर्मीलाई स्थानीयले फिर्ता पठाएका छन् ।

आइतबार विहान बेलौरी १० स्थित नेपाल-भारत सीमा स्तम्भ ३२ देखि ३४ नम्बरसम्मको पिलर निरीक्षण गर्ने भन्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोलीले नेपाली भूमिमा पसेर नापिरहेको अवस्थामा स्थानीयले उनीहरुलाई नापजाँच गर्न रोक लगाएका थिए । स्थानीसँगको केही समयको वादविवादपछि थप नागरिकहरु जम्मा हुनथालेपछि सुरक्षाकर्मीहरु भारत तर्फ फर्केका थिए ।

बेलौरी १० भुडा भन्ने ठाउँको सीमामा नेपाली नागरिक र एसएसबीबीच वादविवाद भएको घटनास्थल पुगेका सीमा सरोकार समूहका सदस्य हरिश चन्दले पुष्टि गरे ।

सीमा निरीक्षण र पिल्लरको फोटो खिच्न आएको भनेर बोर्डरबाट ८०।१०० मिटर नेपाली सिमाना भित्र आएर डोरीले नेपालीको लालपुर्जा भएको जमिन नापिरहेको अवस्थामा स्थानीयले उनीहरुलाई अवरोध गरेका थिए ।

नेपालको स्थानीय प्रशासनसँग समन्वय गरेरमात्र सिमा अनुगमन गर्नु पर्नेमा नगरेको र पछि उनीहरुले कमजोरी स्विकार गर्दै माफी मागेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ३ : ३८ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा