२६ बैशाख २०८१, बुधबार | May 8, 2024

जीएमई र केएमईबीच कारोबार सम्झौता, हङकङबाट नेपालमा सजिलै रकम पठाउन सकिने



काठमाडौं । हङकङको ख्यातिप्राप्त रेमिटान्स कम्पनी केएमई रेमिटान्स र जीएमई रेमिट प्रालीबीच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएको छ ।

सम्झौता भएसँगै अब हङकङमा बस्ने नेपालीहरूलेको सेवा प्रयोग गरी जीएमई रेमिटको माध्यमबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सक्नेभएका छन् ।

उक्त सम्झौतामा जीएमई रेमिट प्रालीको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकरी अधिकृत दिवाकर पौडेल र केएमई लिमिटेडको तर्फबाट निर्देशक तथा प्रमुख कार्यकरी अधिकृत गोकर्णप्रसाद ढकालले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

यो सम्झौताअनुसार नेपालमा जीएमई रेमिटसँग आबद्ध १० हजार भन्दा बढी एजेन्टहरूबाट सजिलै नगद भुक्तानी लिन सकिने छ । साथै, नेपालको जुनसुकै बैंकको खातामा तुरुन्त रकम झिक्न मिल्ने गरी जम्मा समेत गर्न सकिनेछ । यसका साथै मोबाइल वालेटमा समेत लोड गर्न सकिने सुबिधा उपलब्ध छ।

जीएमई रेमिट प्रालीले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हासिल गर्न सफल भएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ११ : ५५ बजे

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे

डोर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । जर्मनी क्लब बोरुसिया डोर्टमण्ड युइएफए च्याम्पियन्स लिगको फाइनलमा

सुनकोसी मरिण डाइभर्सनको सुरुङको आज ब्रेक थ्रू

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

सन्दीपको आक्रोश- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासीमा चढाइयोस्

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको

राजस्थानमाथि दिल्ली २० रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई