१० चैत्र २०८२, मंगलबार | March 24, 2026

लागु औषध कारोबारमा नेपाल प्रहरीका मोष्ट वाण्टेड ‘कल्लु’ ब्राउनसुगर सहित भारतीय प्रहरीबाट पक्राउ



नेपालगञ्ज । लागु औषधको कारोबारमा कुख्यात नेपाल प्रहरीको खोजि सूचिमा रहेका कल्लुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीले लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । नेपाल भारत सीमाको मुख्य बजार भारतको रुपैडियाबाट कल्लु सहित अन्य तीन जना नेपालीलाई दुई सय ६० ग्राम ब्राउनसुगर सहित एसएसबी र भारतीय प्रहरीको संयुक्त टोलिले पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११, त्रिभुवनचोकका कल्लुको साथबाट एक सय २० ग्राम ब्राउनसुगर बरामद भएको एसएसबीले जनाएको छ । कल्लु लागु औषध कारोबारकै मुद्दामा नेपाल प्रहरीको खोजीको सूचीमा रहेका व्यक्ति भएको बुझिएको छ ।

एसएसबीका अनुसार भारतीय प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा न. ८, रानीतलाउका पवनकुमारको साथबाट ८० ग्राम ब्राउनसुगर बरामद गरेको छ भने बर्दिया बढैयातालका रोहितचन्द्र ठकुरीको साथबाट ६० ग्राम ब्राउनसुगर बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनाको विरुद्धमा भारतीय कानुन बमोजिम मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको भारतीय प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ११ : २९ बजे

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय