११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

नेपाली दूतावासले मागपत्र स्वीकृत नगर्दिँदा वैदेशिक रोजगारीको अवसर गुम्यो : व्यवसायी



काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरुले खाडी मुलुकमा रहेका नेपाली दुतावासहरुले मागपत्र स्वीकृत नगरिदिदा वैदेशिक रोजगारीको अवसर गुम्दै गएको गुनासो गरेका छन् ।

व्यवसायीहरुले पछिल्लो समय कतार, बहराइन, दुवै लगायतका मुलुकबाट आएका मागपत्र सम्बन्धित देशका राजदूतावासबाट स्वीकृत नभएको गुनासो गरेका हुन् ।

खाडी मुलुकबाट करिब ७० हजारको संख्यामा कामदार माग हुने गरी मागपत्र आउने क्रममा रहेको तर कोभिडलाई देखाउँदै दुतावासहरुले स्वीकृत नगरिदिदा वैदेशिक रोजगारीको माग गुम्ने स्थिति आउन लागेको बताएका हुन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा उपस्थित भएका व्यवसायीहरुले मन्त्रिपरिषद्को भदौ १४ गतेको बैठकले वैदेशिक रोजागरीलाई खुल्ला गरेको भएपनि दुतावासहरुले मागपत्र प्रमाणिकरण नगरिदिदा वैदेशिक रोजगारका लागि नयाँ कामदार पठाउन नसकिएको बताएका हुन् ।

वैदेशिक रोजागरका निमित्त आएका मागपत्रको प्रमाणिकरण नभए नेपालका लागि आएको माग अन्य मुलुकमा जान सक्ने जोखिम रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए ।

दुतावासहरुले मागपत्र स्वीकृत नगरिदिदा मानिसहरु भिजिट भिसामा खाडी मुलुक पुग्ने गरेको व्यवसायीहरुले बताएका छन् । लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले दुवैबाट आएको मागपत्र स्वीकृत नहुँदा भिजिट भिसामा रोजगारीका लागि जानेहरुको संख्या बढेको बताउनुभयो । ढकालले भिजिट भिसामा गई कामगर्नु अवैध भएपनि युवाहरु काम खोज्नका लागि खाडी मुलुक जान बाध्य भएको बताए । उनले नेपालबाट दैनिक ५ सय देखि ७ सयको संख्यामा भिजिट भिसामा खाडी मुलुक गएको र एयरपोर्टमा करोडौंको चलखेल हुने गरेको दावी समेत गरे ।

नेपाल सरकारले कोभिड संक्रमणको जोखिम कम भएका मुलुकहरुमा वैदेशिक रोजगारका लागि कामदार पठाउन खुला गरेको छ । वैदेशिक रोजगार विभागले पनि वैदेशिक रोजगारमा जानेहरुका लागि पूर्व स्वीकृति र अन्तिम स्वीकृृति दिइरहेको छ । तर सम्बन्धित देशमा रहेका राजदुतावासबाट मागपत्र प्रमाणिकरण नभएपछि नयाँ कामदार पठाउन नसकिएको गुनासो व्यवसायीहरुको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ३ : ५७ बजे

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

विचार- बौद्ध सजगता : तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र