८ बैशाख २०८१, शनिबार | April 20, 2024

नेपाली दूतावासले मागपत्र स्वीकृत नगर्दिँदा वैदेशिक रोजगारीको अवसर गुम्यो : व्यवसायी



काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरुले खाडी मुलुकमा रहेका नेपाली दुतावासहरुले मागपत्र स्वीकृत नगरिदिदा वैदेशिक रोजगारीको अवसर गुम्दै गएको गुनासो गरेका छन् ।

व्यवसायीहरुले पछिल्लो समय कतार, बहराइन, दुवै लगायतका मुलुकबाट आएका मागपत्र सम्बन्धित देशका राजदूतावासबाट स्वीकृत नभएको गुनासो गरेका हुन् ।

खाडी मुलुकबाट करिब ७० हजारको संख्यामा कामदार माग हुने गरी मागपत्र आउने क्रममा रहेको तर कोभिडलाई देखाउँदै दुतावासहरुले स्वीकृत नगरिदिदा वैदेशिक रोजगारीको माग गुम्ने स्थिति आउन लागेको बताएका हुन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा उपस्थित भएका व्यवसायीहरुले मन्त्रिपरिषद्को भदौ १४ गतेको बैठकले वैदेशिक रोजागरीलाई खुल्ला गरेको भएपनि दुतावासहरुले मागपत्र प्रमाणिकरण नगरिदिदा वैदेशिक रोजगारका लागि नयाँ कामदार पठाउन नसकिएको बताएका हुन् ।

वैदेशिक रोजागरका निमित्त आएका मागपत्रको प्रमाणिकरण नभए नेपालका लागि आएको माग अन्य मुलुकमा जान सक्ने जोखिम रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए ।

दुतावासहरुले मागपत्र स्वीकृत नगरिदिदा मानिसहरु भिजिट भिसामा खाडी मुलुक पुग्ने गरेको व्यवसायीहरुले बताएका छन् । लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले दुवैबाट आएको मागपत्र स्वीकृत नहुँदा भिजिट भिसामा रोजगारीका लागि जानेहरुको संख्या बढेको बताउनुभयो । ढकालले भिजिट भिसामा गई कामगर्नु अवैध भएपनि युवाहरु काम खोज्नका लागि खाडी मुलुक जान बाध्य भएको बताए । उनले नेपालबाट दैनिक ५ सय देखि ७ सयको संख्यामा भिजिट भिसामा खाडी मुलुक गएको र एयरपोर्टमा करोडौंको चलखेल हुने गरेको दावी समेत गरे ।

नेपाल सरकारले कोभिड संक्रमणको जोखिम कम भएका मुलुकहरुमा वैदेशिक रोजगारका लागि कामदार पठाउन खुला गरेको छ । वैदेशिक रोजगार विभागले पनि वैदेशिक रोजगारमा जानेहरुका लागि पूर्व स्वीकृति र अन्तिम स्वीकृृति दिइरहेको छ । तर सम्बन्धित देशमा रहेका राजदुतावासबाट मागपत्र प्रमाणिकरण नभएपछि नयाँ कामदार पठाउन नसकिएको गुनासो व्यवसायीहरुको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ३ : ५७ बजे

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र