३२ असार २०८३, बिहिबार | July 16, 2026

चिनियाँ रक्षामन्त्री वेई आज नेपाल आउँदै



काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङ एक दिने नेपाल भ्रमणको सिलसिलामा आज आठमाडौं आउँदै छन् ।

गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेपछि चिनियाँ उच्च अधिकारीले गर्न लागेको यो पहिलो नेपाल भ्रमण हो ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी एवं प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । एक दिनका लागि नेपाल आउने वेइ आइतबार साँझ बंगलादेश प्रस्थान गर्नेछन् ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरेर शुक्रबार साँझ स्वदेश फर्किएका छन् । शक्तिशाली दुई छिमेकी देशका महत्वपूर्ण प्रतिनिधिको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

भारतीय विदेश सचिवले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, नेपालका समकक्षी भरतराज पौड्याल र उच्च राजनीतिक नेतृत्वसँग भेट गरेका थिए भने गोरखा पुगेका उनी शुक्रबार साँझ स्वदेश फर्किए ।

भारतका विदेशमन्त्री स्वदेश फर्किए लगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

चीन र भारतबीच लद्दाखमा सीमा विवादलाई लिएर तनाव बढिरहेका बेला दुवै देशका उच्चअधिकारीले एकपछि अर्को गर्दै नेपाल भ्रमण गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

उनको भ्रमणलाई राजनीतिक सन्तुलन मिलाउने कसरतका रुपमा समेत व्यख्या गरिएको छ । भारतले निरन्तर नेपालको सम्बन्धलाई लिएर चीनमाथि उठाएको चासो र नेपाल र भारतका उच्च प्रतिनिधिको लगातार भइरहेको भ्रमणलाई मध्यनजर गर्दै चिनियाँ पक्षले वेईलाई नेपाल भ्रमण पठाएको विज्ञको अनुमान छ ।

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण राजनीतिक भेटवार्तामा केन्द्रित देखिन्छ । उनले सैनिक मुख्यालय जंगी अड्डामा केही समय बिताउने छन् भने राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटलाई प्राथमिकता दिएका छन् ।

उनको भ्रमणमा चीनले नेपाललाई गर्दै आएको सहयोगको विषयमासमेत छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ७ : २७ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना