२१ भदौ २०८३, आइतबार | September 6, 2026

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री वेइबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणकोक्रममा आइतबार बिहान काठमाडौं आइपुगेका रक्षामन्त्री वेइले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री ओलीले यतिबेला रक्षामन्त्रीको समेत कार्यभार सम्हालिरहेका छन् ।

वेइलाई तत्कालिन रक्षामन्त्री एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले गत वर्ष चीन भ्रमणका क्रममा नेपाल भ्रमणको निम्तो दिएका थिए ।

यसअघि वेइले जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

वेइले अन्तिम भेट राष्ट्रपति विद्यादेवी भण्डारीसँग गर्नेछन् । त्यसपछि उनी आजै बंगलादेशका लागि प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ५ : ४० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका