१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री वेइबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणकोक्रममा आइतबार बिहान काठमाडौं आइपुगेका रक्षामन्त्री वेइले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री ओलीले यतिबेला रक्षामन्त्रीको समेत कार्यभार सम्हालिरहेका छन् ।

वेइलाई तत्कालिन रक्षामन्त्री एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले गत वर्ष चीन भ्रमणका क्रममा नेपाल भ्रमणको निम्तो दिएका थिए ।

यसअघि वेइले जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

वेइले अन्तिम भेट राष्ट्रपति विद्यादेवी भण्डारीसँग गर्नेछन् । त्यसपछि उनी आजै बंगलादेशका लागि प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ५ : ४० बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज