३ पुस २०८२, बिहिबार | December 18, 2025

आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ



सर्लाही । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको मुज्जफरपुर घर भइ सर्लाहीको हरिपुर नगरपालिका-६ स्थित ससुराली घरमा बस्दै आएका ती पुरुषलाई छोरीलाई पटकपटक बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पुरुष उनका श्रीमती, दुई छोरा र एक छोरीसँगै एक इँट्टा उद्योगमा काम गर्दै आएका थिए । परिवारजनका अनुसार करिब एक महिनाअघि उनले छोरीलाई राति घरबाहिर लगी बलात्कार गरेका थिए ।

त्यसपछि गत मंसिर १२ गते राति पुनःबलात्कार गरेपछि श्रीमतीले नै ती पुरुषविरुद्ध प्रहरीमा उजुरी दिएकी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताए ।

पीडित बालिका र उनका बुबाको जिल्ला अस्पताल सर्लाहीमा स्वास्थ्य परीक्षण गरिएको र ती पुरुषलाई जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राठौरले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ८ : ३४ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका