८ बैशाख २०८३, मंगलबार | April 22, 2026

नेकपा सचिवालय बैठक : अनौपचारिक छलफल गर्ने सहमति, भोलि १ बजे पुनः बैठक बस्ने



काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालयको आजको बैठक अनौपचारिक भेटघाट र छलफल गर्ने सहमति गर्दै सकिएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाको कारण देखाएका कारण पार्टी कार्यालय धुम्बाराहीमा तय भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका दुईवटै राजानीतिक प्रस्तावका विषयमा सचिवालयका सदस्यहरुले धारणा राखेका थिए।

बैठकमा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अन्य सचिवालयका सदस्यले पनि धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले नेताहरुबीच छलफल, अन्तरक्रिया र संवाद जारी राख्नु उचित हुने निश्कर्ष निकालेको श्रेष्ठले बताए । ‘प्रस्तावमा उठेका विषयमा गम्भीर रुपमा आफ्नो धारणा राख्ने काम भएको छ, बाँकी बिषयमा भोलि छलफल हुन्छ’, श्रेष्ठले भने ।

सचिवालय बैठकमा अध्यक्षद्वयको प्रतिवेदनसँगै पार्टीभित्र देखिएको संकटको जड र समाधानका विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठको भनाइ छ । उनले भने, ‘अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको प्रस्ताव, पार्टीमा संकट आउनुको कारण, त्यसको समाधानका र निकासका बारेमा केन्द्रित भएर छलफल गर्ने काम बाँकी छ ।’

श्रेष्ठले स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै हुने पनि बताए । यसअघि नै मंसिर १८ गतेका लागि बैठकको मिति निर्धारण भएकाले पूर्वनिर्धारित मितिमै बैठक बस्ने उनले बताए ।

महासचिव विष्णु पौडेलको जन्मदिनको अवसरमा दिउँसो १ बजेपछि केक काटेर सुरु भएको बैठक करिब तीन घण्टा चलेको थियो । पौडेललाई अध्यक्षद्वयसहित अन्य नेताहरुले जन्मदिनको बधाई एवं शुभकामना दिएका थिए ।

 

 

 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ४ : ४८ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति