२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कोरोना संक्रमणबाट लमजुङमा एक वृद्धको मृत्यु



लमजुङ । लमजुङमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका वडा नंबर ९ का ९७ वर्षीय वृद्धको बिहीबार साँझ मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका वृद्धको स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि बेंसीसहरस्थित जिल्ला अस्पताल ल्याइएको थियो ।

उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार परिवारका सबै जनामा कोरोना संक्रमण देखिएपछि वृद्धको सोमबार स्वाब लिएर पिसिआर परीक्षणका लागि पोखरा पठाइएको थियो । वृद्धमा बुधबार कोरोना पुष्टि भएको थियो ।

यसअघि लमजुङका नागरिकको बाहिरी जिल्लामा उपचारका क्रममा पाँच जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको जिल्लामै मृत्यु भएको यो पहिलो घटना हो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ७ : १२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले