१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कोरोना संक्रमणबाट लमजुङमा एक वृद्धको मृत्यु



लमजुङ । लमजुङमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका वडा नंबर ९ का ९७ वर्षीय वृद्धको बिहीबार साँझ मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका वृद्धको स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि बेंसीसहरस्थित जिल्ला अस्पताल ल्याइएको थियो ।

उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार परिवारका सबै जनामा कोरोना संक्रमण देखिएपछि वृद्धको सोमबार स्वाब लिएर पिसिआर परीक्षणका लागि पोखरा पठाइएको थियो । वृद्धमा बुधबार कोरोना पुष्टि भएको थियो ।

यसअघि लमजुङका नागरिकको बाहिरी जिल्लामा उपचारका क्रममा पाँच जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको जिल्लामै मृत्यु भएको यो पहिलो घटना हो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ७ : १२ बजे

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली