२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

‘प्रचण्ड’ फकाउन ईश्वर पोखरेल खुमलटारमा



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष प्रचण्ड फकाउने प्रयासलाई निरन्तरता दिएका छन् ।

प्रचण्डको प्रस्तावको काउण्टर जवाफबाट प्रचण्ड नगलेपछि ओलीले सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई अध्यक्ष प्रचण्ड भेटन खुमलटार पठाएका छन् ।

उपप्रधानमन्त्री पोखरेल शुकबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

अध्यक्ष प्रचण्ड र पोखरेलबीच केहीबेर कुराकानी भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पुष्टि गरे। जुगलले दुईजनाका बीच के विषयमा कुरा भयो भन्ने जानकारी भने दिएनन् ।

स्रोतका अनुसार पोखरेलले दुबै अध्यक्षको प्रस्तावलाई फिर्ता गरेर नयाँ संयुक्त प्रस्ताव बनाउने प्रस्ताव प्रचण्डलाई राखेका थिए ।

मंसिर १७ गतेको सचिवालय बैठकमा अध्यक्ष ओली अनुपस्थित भएका थिए। २० गतेका लागि बोलाइएको सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच सहमति गराउन अध्यक्ष एवं प्रधानमन्त्री ओली निकट नेताहरूले सक्रियता देखाएका छन्।

बिहीबार ओली निकट स्थायी समिति सदस्य सुवास नेम्वाङले अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १ : ३३ बजे

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा

कुशल भुर्तेलको शतकमा नेपालद्वारा अमेरिका ९ विकेटले पराजित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शानदार शतकीय इनिङको मद्दतमा नेपालले

अमेरिकाविरुद्ध भुर्तेलको शतक

काठमाडौं । नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारि खेलेका

मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स सङ्क्रमित

मादी नदीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको