८ बैशाख २०८१, शनिबार | April 20, 2024

पार्टीभित्रको अन्तरसंघर्ष पदको होइन विचारको हो : हिमाल शर्मा



नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का युवा नेता हिमाल शर्माले समाजवादको लक्ष्य प्रातिका लागि एकीकृत र मजबुद एकता सहितको नेकपा आवश्यक रहेको बताएका छन् ।

आइतबार कोहलपुरमा भएको नेकपा निकट युवा विद्यार्थीहरुसँगको संक्षिप्त भेटघाटमा बोल्दै युवा नेता शर्माले पार्टी भित्रको संघर्ष पदको नभएर विचारको भएको दाबी गरे ।

शर्माले स्थायी कमिटी र केन्द्रीय कमिटीले ति विवादको सही निरुपण गर्ने दाबी गर्दै पार्टी एकता गरिएको लिखित सहमति र पार्टीको अन्तरिम विधान अनुसार हिँड्न सबै तहका नेता कार्यक्रता राजी हुनपर्ने बताए । नेकपा फुट कसैका लागि सहज नभएको शर्माको भनाइ थियो ।

कार्यक्रममा अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष एंव नेकपाका नेता रमेश मल्लले सबै नेता कार्यकर्ता परिवर्तन र अग्रगमनका पक्षमा रहेकाले सम्पुर्ण विवाद समाधान हुने धारणा राखे ।

भेटका क्रममा नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज अथक, अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष तथा नेकपा प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने, नेकपा जिल्ला कार्यालय सदस्य अब्दुल हुसेन खाँलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ८ : ४९ बजे

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ