१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

पार्टीभित्रको अन्तरसंघर्ष पदको होइन विचारको हो : हिमाल शर्मा



नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का युवा नेता हिमाल शर्माले समाजवादको लक्ष्य प्रातिका लागि एकीकृत र मजबुद एकता सहितको नेकपा आवश्यक रहेको बताएका छन् ।

आइतबार कोहलपुरमा भएको नेकपा निकट युवा विद्यार्थीहरुसँगको संक्षिप्त भेटघाटमा बोल्दै युवा नेता शर्माले पार्टी भित्रको संघर्ष पदको नभएर विचारको भएको दाबी गरे ।

शर्माले स्थायी कमिटी र केन्द्रीय कमिटीले ति विवादको सही निरुपण गर्ने दाबी गर्दै पार्टी एकता गरिएको लिखित सहमति र पार्टीको अन्तरिम विधान अनुसार हिँड्न सबै तहका नेता कार्यक्रता राजी हुनपर्ने बताए । नेकपा फुट कसैका लागि सहज नभएको शर्माको भनाइ थियो ।

कार्यक्रममा अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष एंव नेकपाका नेता रमेश मल्लले सबै नेता कार्यकर्ता परिवर्तन र अग्रगमनका पक्षमा रहेकाले सम्पुर्ण विवाद समाधान हुने धारणा राखे ।

भेटका क्रममा नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज अथक, अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष तथा नेकपा प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने, नेकपा जिल्ला कार्यालय सदस्य अब्दुल हुसेन खाँलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ८ : ४९ बजे

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली