१ पुस २०८२, मंगलबार | December 17, 2025

बालुवाटारमा सर्वदलीय बैठक : संविधान विरोधी विरुद्ध एकजुट हुन प्रधानमन्त्री ओलीको आग्रह



प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बोलाइएको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु रहेका छन् । संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण, गणतन्त्रका विरुद्धमा भैरहेको गतिविधि लगायत अन्य समसामयिक गतिविधिमाथि छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठकको आह्वान गरेका हुन् ।

बैठकलाई स्वाग गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका छन् ।

सत्तारुढ दल नेकपाभित्रै प्रधानमन्त्री र अन्य नेताहरुबीच चलिरहेको अन्तसंघर्षकै बीच बोलाइएको सर्वदलीय बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।

बैठकमा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत सबै राजनीतिक दलका शिर्ष नेताहरु उपस्थित रहेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नयाँ नक्शा जारी गर्ने समयमा पनि सर्वदलीय बैठक बोलाएका थिए

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १२ : ११ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष