२८ भदौ २०८३, आइतबार | September 13, 2026

लागुऔषधसहित दुई युवक पक्राउ



राजविराज । प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिकाबाट लागुऔषधसहित दुई युवकलाई आज पक्राउ गरेको छ ।

पक्राउपर्नेमा वडा नं ५ खोजपुरका १९ वर्षीय आशिष भनिने सच्चितानन्द चौधरी र सोही ठाउँका शुभकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा बोदेबर्साइन नगरपालिका– ५ जाँजरबाट दुवै जना युवकलाई पक्राउ गरेको हो । स ३ प ३६६१ नंको मोटरसाइकलमा सवार भएर गइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुको साथबाट १० थान डाइजिल्याव एम्पुल, आठ थान फेर्नागन एम्पुल, १० थान नोफिन एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ८ : ४६ बजे

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।