७ चैत्र २०८२, शनिबार | March 21, 2026

समाजवादोन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी नेकपाको काँधमा : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादोन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताएका छन् ।

नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गरेकी नेतृ कौसर साहसहित १०९ नेता तथा कार्यकर्तालाई आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन।

अध्यक्ष प्रचण्डले भने, “हाम्रो पार्टीभित्र चल्ने बहस र छलफल त्यही समाजवादतिरको यात्राका लागि हुन् । समाजवादतिरको यात्रामा अगाडि बढ्ने सन्दर्भमा हाम्रो कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यतालाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता हामीले पालना गर्ने, कस्तो विधि विधान र पद्धति स्थापित गर्ने भन्ने नै हाम्रा बहसका विषयहरु हुन् ।”

अध्यक्ष प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई फलाउने, फुलाउने र यस प्रणालीमार्फत देशमा आर्थिक विकासको नयाँ यात्रातिर आफूहरु अगाडि बढेको बताए । उनेले भने, “यो बेला पक्कै पनि चुनौती आउँछन् । ती समस्या र चुनौतीको पनि सामना गर्न सक्ने तागत कम्युनिष्ट पार्टीभित्रै छ । कम्युनिष्ट पार्टीले आफैँभित्रबाट त्यो तागत पैदा गरेर हामीले समाजवादतिर लाग्नेछौँ ।”

प्रचण्डले नवआगन्तुकलाई स्वागत गर्दै पार्टीमा योग्यता, क्षमता र अनुभवका आधारमा उचित जिम्मेवारी दिइने र एक भएर उक्त जिम्मेवारी पूरा गर्ने विश्वास दिलाए ।

कार्यक्रममा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले साहलाई विगतदेखि नै आफ्नै पार्टीको नेता ठान्ने गरेको बताए । नेता नेपालले भने,  “मन मिल्नेहरु एउटै ठाउँमा आउँदा रहेछन् । मानिसको बानी व्यहोरा र चिन्तन प्रणालीले एक ठाउँमा ल्याउने रहेछ ।”

नेतृ साहले नेपाली काँग्रेसभित्र मौलाएको गलत प्रवृत्तिका कारण आफूले सो पार्टी परित्याग गरेको बताइन । उनले देशमा आएको जाति, लिङ्ग र समुदायमा आएको परिवर्तन कम्युनिष्ट पार्टीले नै ल्याएको दाबी गरिन । दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उनी संविधानसभा सदस्य भएकी थिइन ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ८ : १९ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा