१६ श्रावण २०८३, शनिबार | August 1, 2026

कोरोना संक्रमणका कारण मलेसियामा एक नेपालीको मृत्यु, बाँकेमा कन्चपुरका पुरुषको मृत्यु



नेपालगन्ज । कोरोना भाइरसका कारण मलेसियामा रहेका एकजना नेपालीको मृत्यु भएको छ ।

मलेसियाको केलाङ मेरुस्थित टप ग्लोभ कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत नवलपरासीका याम नारायण चौधरीको मृत्यु भएको हो ।

दुई बर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका चौधरी रुघाखोकी, ज्वरो, श्वासप्रश्वास समस्या देखिएपछि नोभेम्बर २१ तारिखमा अस्पतालमा भर्ना भएका थिए ।

यता बाँकेमा उपचारकालागि कञ्चनपुरबाट बाँके पुगेका १ जना पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भिमदत्त नगरपालिका १५ गोबरियाका ५४ वर्षीय पुरुषको गयराती १२ः३० बजे मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

मंसिर २२ गते भर्ना भएका उनलाई रेम्डिशिवीर, प्लाज्मा थेरापी, एन्टिबायोटिक, भेन्टिलेटर लगायतको बिधिबाट उपचार गरिएकै अवस्थामा मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

आज मृत्यु भएसँगै बाँकेमा बाहिरी जिल्लाका कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ८ : ४० बजे

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीमा पुन: सुरेन्द्र ज्ञवाली

बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय