२४ बैशाख २०८१, सोमबार | May 7, 2024

वृक्षरोपण गर्नु भन्दा पनि रोपिएका बोटविरुवाको संरक्षण गर्नु महत्वपूर्ण कार्य हो : देवदह नगर प्रमुख खत्री



देवदह । वृक्षरोपण गर्नु भन्दा पनि रोपिएका बोटविरुवाको संरक्षण गर्नु महत्वपूर्ण कार्य भएको देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादु खत्रीले बताएका छन ।

उनले विरुवा रोप्ने तर विरुवाको संरक्षण नगर्ने परिपार्टीलाई हटाउदै विरुवाको संरक्षण गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । देवदह जेसीजको आयोजनामा स्मृति सामुदायिक वनमा अवस्थित देवदह स्मृति वनवाटिकामा स्थापना गरिएको बाबा बगैचाको उदघाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

नगर प्रमुख खत्रीले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि देवदहमा रहेका सबै संघसंस्था संग हातेमालो गर्दै अगाडी बढ्ने उल्लेख गरे । त्यस्तै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले वृक्षरोपण संगसंगै गोडमेल कार्यक्रम पनि आयोजना गर्न आग्रह गरीन । उनले देवदह जेसीजले सामाजिक कार्य गरेकोमा खुशि व्यक्त गर्दे हरेक कार्यमा आपूmले सक्दो सहयोग गर्ने बताएन ।

बाबा बगैचामा लगाइएका बोटविरुवाको संरक्षण गर्दै हरेक बर्षको कुशे औसीमा पितृको सम्झनामा बाबा बगैचामा कार्यक्रम गर्ने, बोटविरुवा लगाउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा रहेका जेसीज साथीहरुलाई बाबा बगैचा साथै देवदहको अवलोकन गराउने लक्ष्य लिएको देवदह जेसीज बर्ष २०२० का अध्यक्ष जेसी सुरेन्द्र अधिकारीले उल्लेख गरे ।

संस्थाका अध्यक्ष जेसी सुरेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा देवदह जेसीजका मानार्थ सदस्य बासुदेव रिमाल, ड्रिम देवदहका संयोजक सिद्धिचरण भट्राई, स्मृति सामुदायिक वनाका अध्यक्ष भरत गुरुङ्ग लगाएतले आआफना भनाई राखेका थिए ।

संस्थाका सहसचिव कमला अर्यालको संचालनमा सम्पन्न भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष यम थापाले जेसीज आस्थापाठ बाचन गर्नु भएको थियो भने आनन्द पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : ११ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,