१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

सहपाठीकी आमा मृगौला पीडित हुँदा विद्यालयका विद्यार्थीहरुले पठाए उपचार खर्च



बुटवल । मृगौला रोगका कारण लामो समयदेखि उपचाररत गुल्मीकी एक महिलालाई उनको छोराले पढ्ने विद्यालयका विद्यार्थाीहरुले आर्थिक सहयोग पठाएका छन् ।

गुल्मी बाँसखर्ककी ४० वर्षीया जमुना बिकलाई उनको छोराले अध्ययन गर्ने ज्ञवा बलेटक्सार माबिका विद्यालयका विद्यार्थाीहरुले आर्थिक सहयोग पठाएका हुन् ।

विद्यार्थीहरुले उठाएको पैसामा केहि रकम थपेर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तोयनारायण ज्ञवालीले मृगौला पीडित जमनालाई हस्तान्तरण गरेका छन् ।

अध्यक्ष ज्ञवालीले विद्यार्थीको रकमसहित ३० हजार नगद गौतम बुद्ध सामूदायिक मुटु अस्पताल बुटवलमामा उपचार गराइरहेकी बिकलाई हस्तान्तरण गरेका थिए ।

विगत ६ महिनादेखि मृगौलाको उपचार गराउने क्रममा सम्पत्ती सकिएपछि थप उपचारका लागि समस्या परेको भन्ने खबर सुनेका आधारमा घर छिमेकका विद्यार्थीहरुले आर्थिक सहयोग पठाएका हुन् ।

आर्थिक स्थिति कमजोर भएकी जमुनाको ६ महिना पहिले मृगौलामा समस्या आएपछि उपचार गराइरहेकी छिन् । लामो समय भारतमा उपचार गराउने क्रममा धेरै रकम खर्च भएको तर समस्या जस्ताको तस्तै रहेको मृगौला पीडित जमुना बिकले बताईन् । जमुनाले हाल बुटवल स्थित गौतम बुद्ध सामूदायिक मुटु अस्पतालमा डायलासिस गराईरहेकी छिन् । अस्पतालमा डायलासिस निशुल्क गरेपनि बुटवलको बसाई तथा औषधीको खर्च जुटाउन समस्या परेको बताईन् ।

बिद्यार्थीहरुले स्वतस्फुर्त आर्थिक सहयोग जुटाएको र बिद्यार्थीले उठाएको रकममा बिद्यालयका शिक्षक तथा ब्यवस्थापन समितिले केहि थप गरेर सहयोग प्रदान गरिएको समितिका अध्यक्ष ज्ञवालीले बताए ।

जमुनालाई यसअघि गुल्मीबाट बिदेशमा गएर बसेका नेपालीहरुले पनि जमुनाको उपचारका लागि आर्थिक सहयोग पठाएका थिए । आफ्नो सहपाठीको आमाको उपचारका लागि खाजा खर्च जोगाएर रकम जम्मा गरेको समेत ज्ञवालीले बताए ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ३ : ४० बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित