१६ श्रावण २०८३, शनिबार | August 1, 2026

रुपन्देहीमा लनटेनिस क्याम्प



बुटवल । रुपन्देहीमा सोमबारदेखि ५ दिने क्याम्प शुरु भएको छ । जयकार मेमोरियलको आयोजना तथा जुनियर टेनिस ईनिसेटिभ (जेटिआई नेपाल) र रुपन्देही जिल्ला लन टेनिस संघको संयुक्त सहकार्यमा रुपन्देहीमा क्याम्प संचालन गरिएको हो ।

एक कार्यक्रमका बिच नेपाल टेनिस संघको केन्द्रीय अध्यक्ष ज्योति राणाले उद्घाटन गर्दै काठमाडौं केन्द्रित लनटेनिस पछिल्लोसमय राष्ट्रब्यापी हुनु सुखद विषय भएको बताइन ।

लनटेनिसको विकास गर्न बालबालिकालाई तालिमका साथै उमेर समुहका प्रतियोगिताहरु समेत गर्दै आएको उनले बताईन । जेटिआई नेपालका लागि संयोजक कृष्णराज घलेले जेटिआई अन्तराष्ट्रिय खेलमा जाने एउटा महत्वपूर्ण खुड्किलो भएको भन्दै उनले विभिन्न अन्तराष्ट्रिय खेलमा भाग लिने अवसर समेत मिल्ने बताए ।

पुस ६ गतेदेखि १० गतेसम्म देविनगरस्थित लनटेनिस कोर्टमा जेटिआई नेपालका लागि संयोजक कृष्णराज घले र सहसंयोजक जितेन्द्र परियारले प्रशिक्षण दिने छन । लनटेनिस संघका जिल्ला अध्यक्ष सन्जय प्रकाश श्रेष्ठले जुनियर खेलाडीहरुलाई प्रोत्साहन दिने उदेश्यका साथ संस्थाहरु एकतावद्घ भई लागेको बताए ।

जयकार मेरोरियलका अध्यक्ष मनोज राणा, नेपाल ओलम्पिक कमिटिका केन्द्रिय सदस्य दिर्घ बहादुर केसी, जिल्ला सचिव गोपाल ज्ञवालीले नेपालमा ग्रास रुट लेभलबाट खेलाडी विकास गर्नुपर्ने भएपनि यसतर्फ सरोकारवाला संस्थाहरुको चासो कम देखिएको बताए । बुटवलमा हाल २५ जना बालबालिका लनटेनिस खेल्दै आएका छन ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : २३ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष