२१ बैशाख २०८३, सोमबार | May 4, 2026

सात प्रदेशमा तोकिए ओली पक्षका कमाण्डर, टोपबहादुर जनसंगठन संयोजक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपराह्न बसेको बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ र २ मा सत्यनारायण मण्डललाई तोकेको छ ।

यसैगरी वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौं उपत्यकामा कृष्णगोपाल श्रेष्ठ तोकिएका छन् भने गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङलाई नै निरन्तरता दिइएको छ ।

यस्तै, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल तोकिएका छन् भने कर्णाली प्रदेशमा मणि थापा लाई तोकिएको छ ।

सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई प्रदे संयोजकको जिम्मेवारी दिइएको छ ।

बैठकले जनसङ्गठन संयोजकको जिम्मेवारी टोपबहादुर रायमाझीलाई दिएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकले पार्टी विधान संशोधन गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ५ : २५ बजे

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ