१६ श्रावण २०८३, शनिबार | August 1, 2026

एकै दिन काठमाडौंका तीन स्थानमा चोरी, चोरको नजर गरगहनामा



काठमाडौं । मंगलबार एकै दिन काठमाडौंका तीन स्थानमा चोरीका घटना भएका छन ।

तारकेश्वर नगरपालिका-११ शुभकामना चोक डेरा गरी बस्ने सिरहा गोलबजार नगरपालिका-३ घर भएका २५ वर्षीय रवीनकुमार लामाको कोठाबाट ताल्चा फुटाइ तीन तोला सुन र नगद ५० हजार रूपैयाँ मंगलबार राति चोरी भएको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-१५ अजिमा हलनजिक डेरा गरी बस्ने खोटाङ घर भएकी ३० वर्षीया भूमिका थापा मगर र तनहुँ व्यास नगरपालिका-११ घर भएकी २३ वर्षीया मनिषा गुरुङको कोठाबाट करिब दुई लाख १० हजार रूपैयाँ मूल्य बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाएर सुनका विभिन्न गहना र नगद ६५ हजार रूपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका-५ थापाचोक बस्ने पवन सुनुवारको घरबाट करिब दुई लाख १९ हजार रूपैयाँ बराबरको सुनका विभिन्न गहना मंगलबार बेलुका चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : २० बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष