५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

विश्वभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ हजारभन्दा धेरैको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा विश्वभर नौ हजार ३४० जना संक्रमितले मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शनिबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख ३४ हजार ३५६ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.१७ प्रतिशत हो ।

हालसम्म विश्वभर आठ करोड ४३ लाख ४९ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कूल संक्रमितमध्ये पाँच करोड ९६ लाख १८ हजार ४३६ जना उपचारपछि निको भइसकेका छन । बाँकी दुई करोड २८ लाख ९६ हजार ७३२ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । त्यहाँ तीन लाख ५६ हजार ४०१ जनाको मृत्यु भइसकेको छ । गत २४ घण्टामा त्यहाँ थप दुई हजार ८५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ९५ हजार ४४१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन ।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ४९ हजार २०५ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख २५ हजार ८०७, बेलायतमा ७४ हजार १२५, इटलीमा ७४ हजार ६२१, फ्रान्समा ६४ हजार ७६५, स्पेनमा ५० हजार ८३७, इरानमा ५५ हजार ३३७, अर्जेन्टिनामा ४३ हजार ३१९, कोलम्बियामा ४३ हजार ४९५ तथा रसियामा ५७ हजार ५५५ जनाको मृत्यु भएको तथ्यांक छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ७ : ०६ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११